पोखरा, २३ फागुन । पोखरा इन्जिनियरिङ्ग कलेज पोखरा – ८ फिर्केका चार जना विद्यार्थीले मिष्टर स्क्यान (एन्ड्रोइड एप) को विकास गरेका छन्।
सो कलेजका विद्यार्थीहरु बाबुराम नेपाली, कृष्ण श्रेष्ठ, सुदीप भण्डारी र सूर्य पौडेलले त्यस्तो एपको विकास गरेका हुन्। एक वर्षको सामुहिक प्रयासपछि उनीहरुले सो एप विकास गर्न सफल भएका छन्।
कुनै पनि संस्थाको परिचयपत्र दुरुपयोग हुनबाट रोक्नका लागि यो प्रविधि विकास गरेको उनीहरुको भनाइ छ।
यो एपमात्र नभएर यससँग जोडिएका सवै खाले प्लेटफर्म, सफ्टवयर र क्लाउड प्रविधि समेत विकास गरिएको छ प्रोजेक्ट म्यानेजर बाबुराम नेपालीले भने –‘जसले गर्दा यो एपलाई सजिलैसँग प्रयोगमा ल्याउन सकिन्छ।’
यो प्रविधि बस व्यवसाय समिति, परिचयपत्रका आधारमा सहुलियत दिइने संस्था र भोटिङमा प्रयोग गरिने कार्डहरुका लागि उपयोगी रहेको छ।
यसमा प्रयोग गरिएको क्यूआर प्रविधि पछिल्लो समय सूचना तथा प्रविधिको क्षेत्रमा अत्याधुनिक मानिन्छ ।
यो प्रविधि प्रयोग गर्नका लागि कार्ड बनाउन सफ्टवयर आवश्यक पर्छ। यो सफ्टवयरबाट कार्ड बनाइ सकेपछि सबै कार्डहरुमा स्वतः क्यूआर कोड प्रिन्ट हुने छ , जुन कोडलाई प्रयोग गरेर मिष्टर स्क्यान एपले कार्ड सक्कली, नक्कली वा कार्डको म्याद अवधि बारे जानकारी दिने छ।
यो सफ्टवयरबाट बनाइएको कार्ड स्वयं पोखरा इन्जिनियरिङ कलेज सहित विन्ध्यबासिनी मावि बाटुलेचौर र नोवल माविले प्रयोगमा ल्याइसकेका छन्।
Related News
सम्बन्धित समाचार
१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
शिक्षाविद् डा. कायस्थकोे शालिक निर्माण
कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष
होली माउण्टद्धारा बृद्धबृद्धालाई खाजा, खाद्यान्य तथा नगद सहयोग
पश्चिमाञ्चल गौरव पुरस्कार महावीर पुनलाई, राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख
Archives
Archives