पोखरा, २० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ मिलिजुलि टोलमा पक्कि सडक निर्माण गरिएको छ ।
टोलमा दुई सय १० मिटर पक्कि सडक निर्माण गरिएको हो। सडक निर्माणका लागि मिलिजुलि टोल विकास समितिको तर्फबाट ६ लाख ४६ हजार दुई सय र पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट ८ लाख लगानी भएको छ ।
पक्कि सडकको प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए ।
उनले संघियता सवैको साझा फूलबारी भएकोभन्दै आपसी सद्भाव विकास गर्नुपर्नेमा जोड दिए। उनले जनताले दिएको सम्मानले आफुलाई राम्रो काम गर्न प्रेरित गर्ने बताए ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, रेडीयो नेपालकी समाचार अधिकृत इन्दिरा गुरुङ, वडा सदस्यहरु राजेश गुरुङ, मेहरमान थापा, विष्णु नेपाली, दिपज्योती समाजका अध्यक्ष भक्तबहादुर गुरुङ, दिप युनाईटेड क्लबका अध्यक्ष मनकाजी गुरुङ, मिलिजुलि टोल विकास समितिका सदस्य डम्बरबहादुर केसीले बोलेका थिए ।
मिलिजुलि टोल विकास समितिका अध्यक्ष कृष्णबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रम सचिव विकास थापाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives