नेवि संघ नेतृ स्व. रिमा क्षेत्रीको स्मृतिमा अक्षयकोष स्थापना

राष्ट्र न्यूज सम्वाददाता
फागुन १९, २०७४
28537285_1194718090664333_1585680533_n

पोखरा, १९ फागुन । नेपाल विद्यार्थी संघले विद्यार्थी नेतृ स्व. रिमा क्षेत्रीको स्मृतिमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ।

पहिलो वार्षिक पुण्य तिथि पारेर शनिवार रिमा क्षेत्री स्मृति जयनेपाल छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो। नेवि संघकी नेतृ रन्जता रेग्मीको संयोजकत्वमा अक्षयकोषका लागि रकम जुटाइएको हो।

नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिका समितिले शनिवार आयोजना गरेको कार्यक्रममा अक्षयकोष घोषणा गरिएको थियो । सो अक्षयकोषबाट प्राप्त हुने व्याजबाट कक्षा ८ मा प्रथम हुने विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति प्रदान गरिनेछ।

स्याङजाको फेदीखोलास्थित सिद्वार्थ बहुमुखी क्याम्पस इकाइकी सभापति तथा गतवर्ष सम्पन्न स्ववियु निर्वाचनमा नेवि संघको तर्फबाट सभापतिको उम्मेद्वार रहेकी रिमाले फागुन १९ गते आत्महत्या गरेकी थिईन्।

कार्यक्रममा पूर्वसांसद राजु थापा, नेवि संघका केन्द्रीय उपसभापति डिल्लि सुवेदी, नेवि संघ स्याङ्जाका सभापति अजित क्षेत्री, काँग्रेस फेदिखोला गाउँपालिकाका अध्यक्ष महेन्द्र थापा, प्रजातन्त्र सेनानी तारापति सुवेदी र रिमाका बुबा भेषबहादुर क्षत्रीले बोलेका थिए।

कार्यक्रम नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाका सभापति महेशबाबु खड्काको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै