पोखरा, १९ फागुन । सिरियामाथिको आक्रमण अमानवीय घटना भएकोभन्दै त्यसको पोखरामा विरोध गरिएको छ ।
पोखराको मियाँपाटनमा रहेको नेपाल मुस्लिम युवा क्लबले घटनाको विरोध र शान्तिको पक्षमा सवैलाई जुट्न आग्रहगर्दै शनिवार ¥यालि निकालेको हो ।
¥यालीमा बालबालिका, युवा तन्नेरी र जेष्ठ नागरिक गरी झण्डै चार सय जना सहभागि थिए।
पोखराको मियाँपाटनबाट शुरु भएको ¥याली अमरसिंहचोक, पृथ्वीचोक, न्यूरोडहुदै चिप्लेढुङ्गा पुगेर सभामा परिणत भएको थियो।
संसारभर हुने अमानवीय घटनाको सवैले विरोध गरौं नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल हसेन मियाँले भने – ‘शान्तिको पक्षमा एकजुट भएर मानवीयता विरोधी गतिविधि रोकौं।’
सभामा नेपाल र सिरिया देशको राष्ट्रिय झण्डा बनाएर सिरियाको दुःखमा नेपाली जनताको साथ रहेको सन्देश दिइएको थियो ।
सभामा मौलाना इक्रामुद्विन मियाँले घटनामा परि माएिकाहरुको चिरशान्तिको कामनागर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। त्यसअवसरमा हाजि सराफत अलिले पनि बोलेका थिए।
नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल हसेन मियाँको अध्यक्षतामा भएको कार्यक्रम सचिव अहमद अलिले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives