हेमजा, १९ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु फागुपूर्णिमा मेला जारी रहेको छ ।
स्थानीय वीरेठाँटी युवा परिवारको आयोजनामा सुरु मेला यहि फागुन २१ गतेसम्म चल्नेछ ।
मेला अन्र्तगत शुक्रवार सम्पन्न दुई भलिवल प्रतियोगितामा आयोजक क्लवको समूह ‘ए’र माछापुच्छे« गाउँपालिका ९ को समूह सोझो सेटमा बिजयी भएका छन्।
मेलामा शुक्रवार कलाकारहरु कुमार पुन, घनश्याम रिजाल, दुर्गा गुरुङ, सरस्वती लामिछाने, तुलसा जिसी, ओम गुरुङ, नरबहादुर राना, दिपक थापा, टेक क्षेत्री लगायतले प्रस्तुती राखेका थिए ।
मेलाको मुख्य आकर्षणमा वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराते तथा तेक्वान्डोको प्रर्दशनी रहेका क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान