चार दिनसम्म विविध कार्यक्रम गरी स्ववियु जनप्रियको वार्षिकोत्सव मनाइयो

राष्ट्र न्यूज सम्वाददाता
फागुन १८, २०७४
28512478_1194025797400229_1826127141_n

पोखरा, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ ।

स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई, १६ गते बुधबार रक्तदान , १७ गते सहयोग हस्तान्तरण र आज शुक्रबार मूल समारोह गरी वार्षिकोत्सव मनाएको स्ववियु सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिइन् ।

जनप्रिय क्याम्पसका प्रमुख बिरन्जी गौतम र स्ववियु सभापति आशिक गुरुङले वार्षिकोत्सवको अवसरमा केक काटेका थिए ।

कार्यक्रममा क्याम्पसलाई बिबिए कप उपाधि दिलाउने खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो भने लक्ष्य ब्याण्डको विभिन्न प्रस्तुती थियो ।

त्यसअवसरमा प्रदेश नम्बर ४ का सांसदहरु विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ओमकला गौतम, क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवर, क्याम्पस प्रमुख बिरन्जी गौतम, प्राध्यापक संघ जनप्रियका सभापति कृष्णबाबु बराल, प्रगतिशील प्राध्यापक संगठन जनप्रियका अध्यक्ष सन्तोष अधिकारी, नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति डिल्लि सुवेदी, केन्द्रीय सदस्यहरु भानु ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ, पुनम भट्ट, नेवि संघ स्याङजाका सभापति अजित क्षेत्री, अनेरास्ववियुका  विपिन देवकोटा, अनिल खड्का, नयाँ शक्ति विद्यार्थी युनियनका सन्तोष पौडेल र अखिल क्रान्तिकारीका साकार पौडेलले बोलेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसका सभापति आशिक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति किसान थापाले स्वागत तथा सचिव धु्रवहरि अधिकारी र सहसचिव रन्जता रेग्मीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग