पोखरा, १५ फागुन । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा – १२ माटेपानीले मङ्गलबार खुल्ला रक्तदान गरेको छ।
सितलादेवीमा आयोजित कार्यक्रममा ३७ जनाले रत्तदान गरेको सहायक प्रहरी निरीक्षक टंक पौडेलले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्कीले कार्यक्रम उद्घाटन गरेका थिए।
वडाध्यक्ष कार्कीले पहिलो रक्तदाता सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका पूर्वमहासचिव बिमलबहादुर कार्कीलाई ब्लग ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका द्वितिय उपाध्यक्ष चक्रपाणि सुवेदी, प्रहरी निरीक्षक दिपकबहादुर केसी, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, सामुदायिक प्रहरी हेमजाका अध्यक्ष विष्णु बास्तोला, पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, बगरका सचिव रामभुषण पराजुली, जयकोट सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष शिवबहादुर कार्की, धादिङ सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडा, सितलाज्योती युवा क्लबका अध्यक्ष सन्तोष गुरुङ र कार्यक्रम संयोजक भुवनप्रसाद आचार्यले बोलेका थिए।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा – १२ माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलबहादुर कार्कीले स्वागत र सचिव मिरा आचार्यले संचालन गरेकी थिईन्।
Related News
सम्बन्धित समाचार
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त