पोखरा, १२ फागुन। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को ३० औ स्थापना दिवस पोखरामा पनि मनाइएको छ।
त्यसअवसरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र यसका आंगिक संस्थाहरुमा विविध कार्यक्रम गरिएको थियो।
पोखरा प्राविधिक शिक्षालयले सरसफाई र रक्तदान कार्यक्रम ग¥यो। रक्तदानमा कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए। पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारी आफैले रक्तदान गरी कार्यक्रम उद्घाटन गरेका थिए।
२०५३ सालमा पोखराको फूलवारीमा आंगिक शिक्षालयका रुपमा स्थापना भएको पोखरा प्राविधिक शिक्षालयबाट आठ हजार बढिले सेवा लिइसकेका छन्।
शिक्षालयले लामो तथा छोटो अवधिका सिपमूलक तालिमहरु संचालन गर्ने गर्दछ। आगामी दिनमा महिला, दलित, तथा पिछडा वर्गका युवाहरुलाई विशेष प्राथमिकतामा राखि अझ गुणस्तरीय कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्वता शिक्षालयले जनाएको छ।
Related News
सम्बन्धित समाचार
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त