पोखरा, ११ फागुन । नेपाली काँग्रेस कास्कीको बैठक शुक्रबार बसेको छ ।
बैठकले विभिन्न विषयमा पाँच वटा निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकले फागुन मसान्तभित्र कास्कीका ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको छ ।
फागुन महिनाभित्र नै भातृ तथा शुभेच्छुक संघ संस्थाको संयुक्त बैठक गर्ने निर्णय गरेको छ ।
साथै बैठकले नेपाल रेडक्रस सोसाईटी कास्कीको फागुन १९ गते हुने अधिवेशनमा पार्टीको तर्फबाट आवश्यक समन्वय गर्न जिल्ला सचिव रामराज लामिछानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा युवराज कुँवर र युवक लामिछाने छन् ।
बैठकले डिएलएसँग समन्वय गरी फागुन मसान्तसम्म कास्कीमा महासमिति सदस्यको निर्वाचन गराउन क्षेत्रीय समितिलाई निर्देशन दिएको छ ।
साथै बैठकले स्थानीय तहमा निर्वाचित पदाधिकारी एवं सदस्यको भेला गर्ने निर्णयगर्दै तयारीका लागि जिल्ला सदस्य युवराज कुँवरलाई संयोजक तोकेको छ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट
सराङकोटमा तीज मेला हुने
कास्कीमा थपिए ११ हजार मतदाता
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा