पोखरा, ११ फागुन । पोखरा उच्च अदालत बार एशोसिएसन र कास्की जिल्ला बार एशोसिएसनले संयुक्त रुपमा प्रदेश ४ का प्रमुख बाबुराम कुँवर सहित सांसद बिन्दुकुमार थापा र राजीव पहारीलाई स्वागत तथा सम्मान गरेको छ ।
पोखरा उच्च अदालत बार एशोसिएसनको सभाहलमा भएको कार्यक्रममा उच्च बारका अध्यक्ष दयाराम गौतम र जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठले उनीहरुलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
प्रदेश ४ का प्रमुख कुँवर नेपाल बारका सदस्य हुन् भने सांसद थापा र पहारी उच्च बार एशोसिएसनका सदस्य हुन् ।
कानुन क्षेत्रबाट आएका प्रदेश प्रमुख कुँवर र सांसदद्धयलाई सम्मान गर्न पाउँदा कानुन व्यवसायीको गरिमा बढेको पोखरा उच्च बारका अध्यक्ष दयाराम गौतमले बताए ।
कार्यक्रममा प्रदेश प्रमुख कुँवरले संविधानमा उल्लेख भएअनुरुप प्रदेशमा थुप्रै कानून निर्माण गर्नुपर्ने अवस्था आएकोले विधायकहरुले भूगोल हेरेर पनि कानून निर्माण गर्नुपर्ने बेला आएको बताए ।
उनले संघीयताको संस्थागत विकासका लागि बार जस्ता सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए । उनले स्वाधीनता, जनसेवी र राजश्वमैत्री लगायत कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले न्यायपूर्ण समाज निर्माणका लागि विधिको पालना अपरिहार्य रहेकोले कानून व्यवसायीलाई सेतूको भूमिका निर्वाह गर्न आग्रह गरे ।
सांसद बिन्दुकुमार थापाले विकासका लागि दल र पार्टीभन्दा माथि उठी कानून बनाउनुपर्नेमा जोड दिए।
सांसद राजीव पहारीले प्रदेश ४ लाई समृद्धि र नमूना प्रदेश बनाउनुपर्ने बताए ।
उक्त समारोहमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, हरि सुवेदी, काउन्सिलका सदस्य मोहननाथ कोइराला, बारका पूर्व अध्यक्ष खगेन्द्रराज आचार्य, अधिवक्ता कृष्णकुमारी गुरुङ, जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठ लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने