चालकलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति, बिहीबार शवयात्रा गरिदै

राष्ट्र न्यूज सम्वाददाता
फागुन ९, २०७४
28167177_1828905394073369_6041992086581978042_n

पोखरा, ९ फागुन । सवारी दुर्घटनामा परी मृत्यु भएकी नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको घटनामा संलग्न चालकलाई हदैसम्म कारवाही गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएको छ।

नेपाल विद्यार्थी संघ, पीडित परिवार, नारायणी यातायात व्यवसायी संघ र प्रशासनवीच बुधबार भएको वार्तामा त्यस्तो सहमति भएको हो।

सहमतिपछि आन्दोलन स्थगित भएको छ नेपाली संघको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेको केन्द्रीय सदस्य भानु ढकालले भने – ‘आउँदा दिनमा नेपाल विद्यार्थी संघले यस्ता दुर्घटना न्युनिकरणका लागि पहल गर्नेछ।’

उनले बिहीबार बिहान १० बजे पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट रामघाटसम्म पौडेलको शवयात्रा गरिने जानकारीदिदै उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन्।

सवारी दुर्घटनामा पौडेलको मृत्यू भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै आज पोखरामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।

विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौर जनप्रिय उच्च मावि अघि र पिएन क्याम्पसमा समेत प्रदर्शन गरेका थिए। पौडेल कक्षा १२ मा अध्ययरत छात्रा थिईन्।

पोखरा लेखनाथ १४, चाउथेमा ट्रिपरले ठक्करदिदाँ स्कुटरमा सवार स्याङ्जा आँधीखोला गाँउपालिका वडा नं. ५ की २१ वर्षीया पौडेलको मृत्यु भएको हो ।

सोमबार बेलुकी पौने ८ बजेतिर ना ६ ख ९००६ नम्बरको ट्रिपरले पौडेल सवार ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सच्चाइमा सम्मान

    राष्ट्र न्यूज सम्वाददाता असार १९, २०७९
    पोखरा, १९ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपाल पोखरा १३ काँहुखोला शाखाले शनिवार सम्मान कार्यक्रम गरेको छ…
  • लमजुङका ७६ प्रतिशत पानीमा इकोली

    रासस असार १८, २०७९
    लमजुङ, १८ असार (रासस)ः पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका…
  • नेल्टाको तालिम शुरु

    राष्ट्र न्यूज सम्वाददाता असार १३, २०७९
    पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान…
  • कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय

    राष्ट्र न्यूज सम्वाददाता असार १२, २०७९
    पोखरा, १२ असार । नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त…
  • विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

    रासस असार १२, २०७९
    कास्की, १२ असार (रासस) :अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने…