पोखरा, ९ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं १० अमरसिंह कामना टोलस्थित तरेली साँस्कृतिक परिवारले १६ औं वार्षिकोत्सव पोखरा बृद्वाश्रममा मनाएको छ ।
परिवारले वार्षिकोत्सवको अवसरमा पोखरा – १७ पोखरा बृद्वाश्रममा विविध साँस्कृतिक कार्यक्रम सहित एक छाक भोजन दान गरेको छ। साँस्कृतिक कार्यक्रमबाट बृद्वबृद्वाले मनोरञ्जन लिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि परिवारका सल्लाहकार, कवि, साहित्यकार पदमराज ढकालले तरेली साँस्कृतिक परिवारले अत्यन्तै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे। जेष्ठ नागरिकहरुको आश्रममा पुगेर साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै भोजन दान गर्नु अत्यन्त पुण्यकर्म भएको उनको भनाइ थियो।
परिवारका सल्लाहकार, बरिष्ठ नृत्य निर्देशक गोरे गुरुङले तरेलीले अनुकरणीय कार्य गरेकोमा खुशी व्यक्त गरे।
पोखरा बृद्वाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले मनकारीहरुको साथ र सहयोगले बृृद्वश्रमले बृद्वबृद्वाहरुको सेवा गर्ने अवसर पाएको उल्लेख गरे।
सो कार्यक्रमका लागि हङकङमा रहेका परिवारका संस्थापक सल्लाहाकार नरेन्द्रकुमार गुरुङ र कलाकार गिता गुरुङले सहयोग गरेका थिए।
तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव घनश्याम पुनले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान