काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाको बैठक

राष्ट्र न्यूज सम्वाददाता
फागुन ६, २०७४
20140326congress-pp-working-committee-election-deferred-600×0

पोखरा, ६ फागुन । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका कार्यसमितिको बैठक आइतबार बसेको छ।

बैठकले विभिन्न चार वटा निर्णय गरेको सचिव रामजी कोइरालाले जानकारी दिए। बैठकले पार्टीका गतिविधिलाई छिटो, छरितो र प्रभावकारी बनाउन समितिका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। कार्यसम्पादन समितिमा साविकको पोखरा र लेखनाथको तर्फबाट पदाधिकारी सहभागि गराइएको छ। सो कार्यसम्पादन समितिको बैठकले पाँच सदस्य थप गरी कार्यसम्पादन समितिलाई १७ सदस्यीय बनाउने निर्णय भएको छ।

सचिव कोइरालाका अनुसार, फागुन २४ गते महानगरपालिकास्तरीय राजनैतिक प्रशिक्षण गरिने भएको छ। प्रशिक्षणमा महानगरपालिकाभित्रका ३३ वटा वडा कार्यसमितिका पदाधिकारी, विजयी वडाध्यक्ष तथा पराजित उम्मेद्वार, जिल्ला र क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य सहभागि गराइने छ।

त्यस्तै, आउँदो वर्ष पार्टीले संचालन गर्ने कार्यक्रम सहित नयाँवर्ष –२०७५ को क्यालेण्डर प्रकाशित गर्ने र चैत्र १० गते बनभोज गर्ने निर्णय गरेको छ।

बैठक नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग