नेवि संघका नेता ढकालको स्मृतिमा शोकसभा

राष्ट्र न्यूज सम्वाददाता
फागुन ४, २०७४
28169205_1826957800934795_253624601_o

पोखरा, ४ फागुन। नेपाल विद्यार्थी संघका नेता बोधराज ढकालको स्मृतिमा पोखरामा शुक्रबार शोकसभा गरिएको छ।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले पोखराको पृथ्वीनारायण क्याम्पसमा शोकसभा गरेको हो।
शोकसभामा कास्की काँग्रेसका नेता, विद्यार्थी नेता र क्याम्पसका विद्यार्थी उपस्थित थिए।

नेपाल विद्यार्थी संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति समेत रहेका ढकालको बसको ठक्करबाट माघ २२ गते सोमबार साँझ मृत्यू भएको थियो।

शोकसभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतान्त्रिक आन्दोलनमा युवा विद्यार्थीले निर्वाह गरेको भुमिका बिर्सन नसकिने बताए। उनले शैक्षिक संस्था वरपरको क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्र्र्नेमा जोड दिए।

काँग्रेस नेतृ सरस्वती गुरुङले स्व. ढकालले नेपाल विद्यार्थी संघमा पु¥याएको योगदान सदैव स्मरण हुने उल्लेख गरिन्। उनले नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ४ ले ढकालको स्मृतिमा स्थापना गर्न लागेको अक्षयकोषका लागि १५ हजार आर्थिक सहयोग गरिन्।

शोकसभामा नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देल, नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्मा, केन्द्रीय सदस्यहरु भानु ढकाल, देवकृष्ण पराजुली, गोपाल गुरुङ, पुनम भट्ट, परिवारकोतर्फबाट बोधराज ढकाल, विद्यार्थी नेताहरु समित केसी, विकास थापा, विक्रम गिरी, तारानाथ अधिकारी, नयाँ शक्ति विद्यार्थी युनियनका नेत्र चापागाई र अखिल क्रान्तिकारी(विप्लप)का मिलन राईले बोलेका थिए।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका इकाइ सभापति दिपक शर्मा वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता राजेश हमालले धन्यवाद ज्ञापन र सचिव अनिश पाण्डेले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै