पोखरा, २ फागुन ।‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लिले गर्न लागेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल २०७४ को फाइनल कार्यक्रम यही फागुन ५ गते शनिबार पोखरा सभागृहहलमा हुने भएको छ ।
वाइवाइ चाउचाउको मुख्य प्रायोजन साथै सोना टोब्याकोको विशिष्ट प्रायोजन र नेपाल आइस वियर, स्पानेल इन्ष्टिच्यूटको सह–प्रायोजनमा हुने उक्त कार्यक्रमको फाइनलमा १७ जना प्रतिष्पर्धीहरू प्रवेश गरेका हुन् ।
गत पुस महिनाबाट सुरू गरिएको उक्त कार्यक्रममा विभिन्न चरणहरू पारगर्दै प्रतिष्पर्धीहरूलाई फाइनल राउण्डमा प्रवेश गराएको र फाइनल कार्यक्रमको दिन प्रतिष्पर्धीहरूले विभिन्न जातजातिका भेषभूषाहरू प्रदर्शन गर्ने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रमको बिजेताले भिजि अटो मोवाइलको सुजुकी स्कुटर र उप–बिजेताले सिजि ब्राण्डको टिभि प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक शोभा गौतमले बताइन् ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा