पोखरा, २९ माघ। पोखरामा फागुन ४ र ५ गते फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो स्करण हुने भएको छ।
युवा वैचारिक समाजले गर्न लागेको सो कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत विद्यार्थीहरु सहभागि हुनेछ।
सहभागि युवाहरुको समूह बनाई कुनै एक विषय छनोट गरी त्यस विषयको समस्या र समाधानका उपायहरुको बारेमा छलफल गरिने समूहकी सदस्य सामना बरालले जानकारी दिईन्।
सहभागि प्रत्यक युवाले कुनै एक राष्ट्रको प्रतिनिधित्व गरी छनोट गरिएको विषयमा आफ्नो धारणा राख्ने छन्।
विश्वव्यापी समस्याको पहिचान र समाधानका लागि जसरी संयुक्त राष्ट्र संघले देशहरुवीच छलफल चलाउछ त्यसैको झल्को दिने गरी युवाहरुवीच छलफल गरिने भएकाले कार्यक्रमको नाम नमुना संयुक्त राष्ट्र संघ राखिएको हो।
कार्यक्रमको तयारी तिव्र पारिएको अर्का सदस्य गिता थापाले जानकारी दिईन्। सन् २०१६ देखि कास्कीमा काम गरिरहेको युवा वैचारिक समाजले यसअघि फेवा एमयुएन र पोखरा एमयुएनको पहिलो संस्करण गरिसकेको छ।
समाजले युवालाई लक्षित गरी अनुसन्धात्मक, बहसमूलक कार्यक्रम समेत गर्ने गरेको छ।
त्यस्तै,समाज रुपान्तरका लागिका लागि युवाहरु प्रेरित गर्ने खालका कार्यक्रममा जोड दिने गरेको छ। त्यसै हरेक महिना पोखरा बोल्छ कार्यक्रम गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives