कम छैनन् नेपाली युवा पनि, ल पढौ जसले ५५ लाखको फेसबुक अवार्ड जिते

राष्ट्र न्यूज सम्वाददाता
माघ २६, २०७४
abinab khanal

नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ ।

समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो ।

पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी अगाडि बढाउने भन्ने प्रशिक्षण दिनेछन् ।

अभिनवको कम्पनी बिन भोयाज कोष्टारिकामा छ  । यसले संसारभरका महिला कफी उत्पादकहरुलाई फेसबुकमार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सघाइरहेको छ ।

फेसबुकको प्रयोग गरेर समाजमा सकारात्मक प्रभाव छाड्ने उद्यमीहरुलाई यो अवार्ड प्रदान गरिन्छ ।

तीन कम्पनी फेसबुकबाट पुरस्कृत भएका थिए । जसमा बिन भोयाजले पहिलो पुरस्कार हात पारेको हो ।

फेसबुक लाइभमार्फत अवार्ड विजेताहरु घोषणा गर्दै फेसबुककी उपप्रमुख भीपी क्यारोलिनले बिन भोयाजले परम्परागत कफी व्यापारमा ठूलो सुधार गरेको बताएकी छन् ।

अध्ययनका लागि क्यानडा पुगेका अभिनवले साथीहरुसँग मिलेर सन् २०१४ बिन भोयाज स्थापना गरेका थिए ।

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives