पोखरा, २५ फागुन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उनलाई बधाई दिनेको घुईचो लागेको छ।
हिजो पोखरामा भएको निर्वाचनमा प्रदेश नम्बर ४ बाट पाण्डे राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।
पोखरामा हिजो साँझदेखि आज मध्यान्हसम्म उनलाई बधाइ दिनेका घुइचो लागेको थियो। निर्वाचनका लागि केहि दिन अघिदेखि पोखरामा रहेका नेता पाण्डे आज गृह जिल्ला गोरखा हिडेका छन्।
कास्की सहित आसपासका जिल्लाबाट नेता तथा कार्यकर्ता पाण्डेलाई बधाइ दिन आएका थिए।
यसैवीच, कास्कीका नेताहरुको एक टोलीले आज बिहान उनलाई भेटेर बधाइ ज्ञापन गरेको छ। बधाइदिदै नेता पाण्डेलाई राजनीतिमा सदैव सफलता मिलोस् भनि शुमकामना दिइएको थियो।
नेपाली काँग्रेसकी नेता रामजी कुँवर, महिला नेतृहरु शारदा पौडेल, सरस्वती गुरुङ, नेता देवेन्द शेरचन, मनोज गुरुङ, नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य नवीन सिग्देल, लगायत सहभागि टोलीले उनलाई बधाइ दिएको थियो।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान