पोखरा, २४ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
यस प्रदेशबाट नेपाली काँग्रेसका तीन जना निर्वाचित भएका छन्। महिला तर्फबाट नेपाली काँग्रेसकी विन्दादेवी आले(राना), खुल्लाबाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन्।
अपाङ्ग समूह तर्फबाट नेपाली काँग्रेसका प्रकाश पन्थ यस अघि नै निर्विरोध भैसकेका थिए।
आजको मतदानमा यस प्रदेशमा कुल दुई सय ३० जना मतदाता रहेकोमा दुई सय २९ जनाले मतदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा