भुलेर पनि यी कुरा नगर्नु, जुन जीवनभर गोप्य नै राख्नुपर्छ, यदि कसैलाई भन्नुभयो भने पछुताउनु हुने छ

राष्ट्र न्यूज सम्वाददाता
माघ २०, २०७४
remain-silent

क) तपाईंको निकट मित्रहरुलाई पनि श्रीमान्–श्रीमतीबीचको खिचातानी, झगडा र यौनका समस्याहरु बताउनुहुँदैन । ठूलो समस्या आएको अवस्थामा मनोविज्ञ वा परिवारका विश्वासयोग्य व्यक्तिसँग कुरा गर्न सकिन्छ । तर, स–साना कुरा सबैसँग बताउँदा यसले चाँडै तपाईंका मित्र टाढिएको महसुस गर्नुहुनेछ ।

ख) आजको युग व्यवसायिक युग हो । आफ्नो व्यवशाय चलाउन विभिन्न समस्यामा हामी परिरहेका हुन्छौं । धेरै व्यक्तिसँग र बैंकसँग पनि ऋण लिएका हुन सक्छौं । आफूले लिएको ऋण, आफूलाई परेको आर्थिक समस्या वा आर्थिक अभावले आफूले मार्नुपरेका इच्छाहरुका बारेमा पनि बाहिरी व्यक्तिलाई भनिहाल्नुहुँदैन ।

मानौं, तपाईंले पाँच जनासँग ऋण लिएर कुनै कारोबार गरिरहनुभएको छ भने आफ्ना ती ऋणीहरुमध्ये कसैलाई पनि अरु चार जनासँग आफूले ऋण लिएको कुरा आवश्यक नभएसम्म बताउनुहुँदैन । बाहिरी व्यक्तिलाई आफू ऋणमा डुबेको कुरा आवश्यक अवस्थामा बाहेक थाहा दिनुहुँदैन ।

ग) हरेक मानिसले जीवनमा राम्रो काम गरेको हुन्छ । कसैप्रति सहयोग गर्नु मानव धर्म हो । सबैले आ–आफ्नो ठाउँबाट सबैले केही न केही पुण्यको काम गरिरहेका हुन्छन् । तर, आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा आफूले नै गर्ने व्यक्तिलाई उति राम्रो मानिस मानिँदैन । त्यस्ता कुरा अरुले गरिदिनु राम्रो हुन्छ ।

घ) आजको युगमा तपाईं एक्लो केही होइन । तपाईं कति ठूलो व्यक्ति भन्ने कुराको मापन तपाईंका पछाडि कति व्यक्ति छन् र कस्ता व्यक्ति छन् भन्ने कुराले मापन गर्छन् ।

तपाईंका पछाडि जति ठूला मानिएका व्यक्ति जति धेरै छन्, तपाईं त्यति नै सम्मानित व्यक्ति मानिनुहुन्छ । तर, तपाईंका पछाडि रहेका व्यक्तिसँग भएका मनमुटाव, समस्या वा झगडाका विषयमा बाहिरी व्यक्तिलाई भन्नुभयो भने तपाईंको महत्व घट्न शुरु हुन्छ ।

आफ्ना मानिससँग सधैं राम्रो सम्बन्ध हुन्छ भन्ने छैन, तर त्यो सम्बन्धका विषयमा बाहिर कुन रुपमा सम्वद्र्धन गर्न सक्नुहुन्छ, त्यसमा तपाईंको व्यक्तित्व बढ्ने गर्छ ।

ङ) मानिस जति सफल हुन्छ, त्यति नै राम्रा गुण ऊसँग हुन्छ भन्ने आम धारणा हुन्छ । यही कारण कतिपय अवस्थामा तपाईंले सार्वजनिक जीवनमा धेरै कुराको गोपनीयता राख्नुपर्छ ।

हरेक मानिसका धेरै अवगुण हुन्छन् । मानिस जति सफल भयो, उसले आफ्ना अवगुणलाई चिनेर त्यसलाई सार्वजनिक रुपमा व्यक्त गर्नु हुँदैन । विशेषगरी, केही विश्वासी व्यक्तिले तपाईंमा भएका गुण देखेर निकट भएका हुन्छन् । उनीहरु जुन कारणले निकट भएका हुन्छन्, त्यही विषयमा आफ्ना कमजोरी देखाउनुभयो भने यसले समस्या निम्त्याउन सक्छ ।

मनोविद् करुणा कुँवरको भनाईमा आधारित
स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

Archives

Archives