पोखरा, १७ माघ। लायन्स क्लब अफ पोखरा गतिशिल, अंजुली, गतिशिल ंमंजरी, समृद्वि, दर्पण र डेष्टिनेशनले संयुक्त रुपमा बृहत्त स्वास्थ्य शिविर गरेका छन्।
माछापूच्छ«े गाउँपालिका वडा नं ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा आयोजित शिविरमा ६ सय १५ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको लायन्स क्लब अफ पोखरा अंजुलीकी अध्यक्ष अमृतशोभा खत्रीले जानकारी दिईन्।
शिविरमा ल्याब, ईसिजि, भिडियो एक्सरे, अल्टासाउण्ड लगायतका सेवा प्रदान गरिएको थियो। फिजिसियन डा. मनबहादुर गुरुङ नेतृत्वको टोलीले उपचार सेवा प्रदान गरेको हो।
शिविरमा नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पोखरा सिद्वार्थ हेल्थ केयर, हिमालयन आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए।
शिविरको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका सदस्य विष्णुप्रसाद पौडेल र लायन्स क्लब इन्टरेनशनल ३२५ बी वानका को–चिफ एड्भाइजर विश्वेश्वर आर्चायले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा माछापूच्छ«े गाउँपालिका वडा नं ४ का अध्यक्ष पूर्णबहादुर शाही लगायतले बोेलेका थिए।
लायन्स क्लब अफ पोखरा गतिशिलका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विदुर कोइरालाले स्वागत, समृद्विका द्वितिय उपाध्यक्ष राधिका थापाले धन्यवाद ज्ञापन र लायन्स क्लब अफ पोखरा गतिशिल मंजरीका सचिव हेमा रेग्मीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने