पोखरा, १५ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार विद्यार्थीहरुलाई सहयोग गरेको छ।
क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ स्थित भयश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको हो। सो विद्यालयका ९१ जना विद्यार्थीलाई स्वीटर, न्यायो टोपी र शैक्षिक सामाग्री गरी ६५ हजार मूल्य बराबरको सहयोग गरेको थियो।
पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडाध्यक्ष प्रेमबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर कुँवर, जोन चेयर पर्सन तेजबहादुर भट्टराई र क्लबका अध्यक्ष दयाशंकर गौतम लगायतले ती सामाग्री वितरण गरेका थिए। कार्यक्रमको संयोजन राजन भण्डारीले गरेका हुन्।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले क्लबले विद्यार्थीलाई सहयोग गरी राम्रो काम गरेको उल्लेख गरे।
त्यसअवसरमा जोन चेयर पर्सन तेजबहादुर भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर कुँवर, चार्टड प्रेसिडेन्ड बासुदेव कोइरालाले बोलेका थिए।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले स्वागत र सचिव शिव नेपालीले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives