पोखरा, १४ माघ । पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको प्रवेश टिकटमार्फत बम्बर कार बिजेता सन्दीप पौडेललाई कार हस्तान्तरण गरेको छ ।
आइतबार संघको सचिवालय गैह्रापाटनमा आयोजित कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजेता पौडेललाई कारको साँचो हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसिले आफै लक्की ड्रमा सामेल भएको स्मरण गर्दै पोखरा उद्योग वाणिज्य संघले निश्पक्ष रुपले गरेको लक्की ड्र बाट अरुहरुले पनि सिक्नु पर्ने बताए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले मेला सफल बनाउन सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै कार विजेता सन्दीपलाई बधाई ज्ञापन दिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेको कार्यक्रममा बोल्दै कार विजेता सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए ।
कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप त्यहीँको नमूना माविमा कक्षा ९ मा पढ्दै छन् भने उनका पिता नारायणप्रसाद पौडेल प्रहरी सेवामा रहेका छन् । पिता नारायणप्रसाद पौडेलले माघ ५ गते मेला हेर्न लगेका थिए । मेला हेर्न सन्दीपले काटेको टिकट नम्बर ०५४८९२ लाई कार उपहार परेको थियो । मेला पोखराको नयाँबजारमा पुस २७ देखि माघ ८ गतेसम्म चलेको थियो ।
मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मेलाको प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवन कार उपहार राखेको हो । मेलाको अन्तिम दिन उपहार खोलिएको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives