पोखरा, १४ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ नमुना टोल(बराल फिड क्षेत्र) मा रहेको संकल्प आमा समूहको १२ औं साधारणसभा तथा सातौं अधिवेशनले सुभद्रा बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा मेनका पोखरेल, सचिवमा सविता सुवेदी, सहसचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा पार्वती पौडेल, सदस्यहरुमा लता रुवाली, शान्ति थापा, मनकुमारी थापा, हिमा चापागाई, सिता ढकाल, खगिदेवी बराल, सुनकुमारी श्रेष्ठ र गंगा तिवारी छन्।
साधारणसभाले सचिव मेनका पोखरेलले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष लेखमाया बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। त्यसअवसरमा संस्थाकी पूर्वअध्यक्ष भगवती बराललाई सम्मान गरिएको थियो।
यसअघि साधारणसभाको उद्घाटन पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले गरेका थिए।
त्यसअवसरमा वडा सदस्य राधिका रेग्मी, सल्लाहाकार ज्ञाज शर्मा, पत्रकार शुष्मा पौडेल, समाजसेवी झङकनाथ पौडेल, नमुना टोल विकास संस्थाका अध्यक्ष दिवाकर पौडेल, संस्थाकी पूर्वअध्यक्ष दानकुमारी बरालले बोलेका थिए।
संकल्प आमा समूहकी अध्यक्ष शारदा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मेनका पोखरेलले कार्यक्रम संचालन गरेकी थिईन्।
Related News
सम्बन्धित समाचार
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित