पोखरा, ८ माघ । नेपाली काँग्रेस कास्कीले आफ्ना प्रदेश सांसदलाई सम्मान गरेको छ ।
शपथका लागि पोखरा आएका प्रदेश नं ४ का ११ जिल्लाका १५ जना सांसदलाई पार्टी कार्यालय चिप्लेढुंगामा कार्यक्रम गरी सम्मान गरेको हो ।
नेपाली काँग्रेसका पूर्वसभापति शुक्रराज शर्मा, कोषाध्यक्ष लक्ष्मी पाण्डेले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा विजयी सांसदले रचनात्मक प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने बताएका थिए ।सांसदले शपथलगत्तै चिप्लेढुंगा स्थित वीपी शालिकमा माल्यार्पण गरेपछि सम्मान ग्रहण गरेका थिए।
जिल्ला कोषाध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्वसभापति शर्मा, विजयी सांसदहरुले आ आफ्नो धारणा राखेका थिए ।
यता बाम गठबन्धन भएमा यो प्रदेशमा काँग्रेसको सरकार हुँदैन । तर बलियो प्रतिपक्षी भने कायमै छ । १५ सीट जितेको काँग्रेसमा अहिले संसदीय दलको नेता को बन्ने भन्ने चर्चा चलेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन