पोखरा, ७ माघ । प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथ आज हुदैछ ।
हिजो मात्र पोखरा आइपुगेका प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार पोखरामा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन्। ज्येष्ठ सदस्य श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ ख बाट प्रदेशसभाका प्रत्यक्ष निर्वा्चित सदस्य हन्।
प्रदेश प्रमुख कुँवरले आफ्नो पदबहालीपछि ज्येष्ठ सदस्य श्रेष्ठलाई सपथ खुवाउने र प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य श्रेष्ठले सपथ खुवाउने कार्यक्रम तय गरिएको छ।
कार्यक्रमका लागि आवश्यक सवै तयारी पूरा भएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।
प्रदेश प्रमुखको कार्यालय साविकको अध्यागमन कार्यालय पोखरा र प्रदेशसभा भवन नगर विकास प्रशिक्षण केन्द्र कायम गरिएको छ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन