नेपाल संस्कृत युवा समूहको कार्यालय स्थापना

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७४
20180116_141622

पोखरा, ३ पुस। नेपाल संस्कृत युवा समूहले पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा कार्यालय स्थापना गरेको छ।

समूहका गतिविधि सहज ढंगबाट संचालन गर्नका लागि कार्यालय स्थापना गरिएको हो। युवा समाजसेवी समित केसीले मङ्गलबार कार्यालय उद्घाटन गरेका थिए।कार्यक्रममा उनले युवा शक्ति मुलुकको महत्वपूर्ण शक्ति भएकोभन्दै रचनात्मक र सकारात्मक काममा लगाउनुपर्नेमा जोड दिए।

समृद्वि फाउण्डेशन कास्कीका संयोजक ध्रुवप्रसाद सिग्देलले युवाको सहयोग र सक्रियतामा आर्थिक क्रान्ति सफल हुने बताए।

कार्यक्रममा नेपाल ज्योतिष परिषद् कास्कीका अध्यक्ष बासुदेव सुवेदी, राष्ट्रिय धर्म सभा नेपाल कास्कीका अध्यक्ष ठाकुर बराल, समूहका सल्लाहाकार गिरिधर आचार्य, शिक्षा तथा अनुगमन उपसमितिका संयोजक आशुतोष आचार्य, समूहका कोषाध्यक्ष विश्वराज सापकोटा र सदस्य विष्णु गौतम लगायतले बोलेका थिए।

नेपाल संस्कृत युवा समूहका अध्यक्ष रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिशरण पौडेलले स्वागत र सचिव रामकृष्ण अर्यालले संचालन गरेका थिए।

कृषि क्रान्ति मार्फत युवाहरुलाई स्वरोजगार बनाउने, समाजमा चलिआएको धर्म, संस्कृतिको संरक्षण गर्ने, प्रदेश नं ४ मा सुविधा सम्पन्न धार्मिकसभा स्थापना गर्ने र सन्त सेवा आश्रम स्थापना गर्ने उदेश्यले नेपाल संस्कृत युवा समूह गठन गरिएको हो। समूहले छिट्टै सहकारी संचालन गर्ने लक्ष्य लिएको छ।

– केशिका गुरुङ
 

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै