पोखरा २८ पुस / कास्कीमा राँगाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।
राँगाले सिंगले हान्दा कास्कीको मादी गाउँपालिका ११ स्थित सैमराङका ४९ वर्षिय भिम बहादुर काफ्ले घाइते भएका हुन् ।
बिहिबार बिहान करिब साढे नौ बजेको समयमा स्थानीय बिष्णु प्रसाद काफ्लेले पालेको राँगाले काफ्लेलाई नै घाईते हुने गरी आक्रमण गरेको हो ।
गम्भीर घाइते भएका काफ्लेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
राँगालाई नियन्त्रणमा लिनको लागि १ राउण्ड गोलि प्रहार गरिएको प्रहरीले उल्लेख गरेको छ । गोली प्रहार गरेर राँगा मारिएको थियो ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
पोखरा–१३ मा काँग्रेसको शुभकामना
कास्की काँग्रेसका सभापति केसीलाई पितृशोक, प्रजातन्त्र सेनानीको एक सय वर्षमा निधन
कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
६ केजी गाँजासहित तामाङ पक्राउ