उपभोक्ताले उपभोग गर्ने पानीपुरी र चटपटेमा गुणस्तरहीन तेल प्रयोग हुने गरेको प्रमाण फेला परेको छ । अनुगमनकारी निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार अनुगमन गरी पानीपुरी र चटपेटमा राख्न लागि ठिक्क पारेको कुहिएको तेल बरामद गरेको हो । विभागको अनुगमन टोलीले चाबहिलस्थित भत्केको पुलछेउमा रहेको कवाडी पसलमा गुणस्तरहीन तेल पानीपुरी र चटपटेमा राख्न खरिद–बिक्री भइरहेको अवस्थामा भेट्टाएको हो । अनुगमन निरीक्षक दीपक पोख्रेलले उजुरीका आधारमा कवाडी पसलमा छापा मारेको बताए ।
‘पानीपुरी र चटपटेमा हाल्ने भन्दै मोबिलजस्तो कालो तेल जर्किनमा खरिद–बिक्री भइरहेको अवस्थामा फेला पारेका हौँ,’ उनले भने । म्याद सकिएर कुहिएका तेलको प्याकेट खोलेर जर्किनमा हाल्ने र प्रतिजर्किन ३ सयदेखि ४ सय रुपैयाँमा पानीपुरी र चटपटे व्यवसायीलाई बिक्री गर्ने गरेको उनले बताए । ‘अनुगमनस्थलमा उत्तम, बिगुल, गंगा, सौभाग्यलगायत बजारमा नामै नसुनेका ब्रान्डका तेलको प्याकेट भेटिएको थियो, प्याकेटको लेबलमा हेर्दा धेरै वर्ष पुरानो मिति रहेको थियो,’ पोख्रेलले भने, ‘केहीमा त उपभोग्य मिति नै थिएन । र, तेल निकै कालो देखिन्थ्यो ।’
त्यस्तो तेल उपभोगहीन भए पनि पानीपुरी र चटपटे व्यवसायीले प्रयोग गरी जनस्वास्थ्यमा ठूलो लापरबाही गर्दै आएको उनले बताए ।
तीनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइयो
कवाडी पसलमा स्वास्थ्यलाई हानि गर्ने तेल बिक्री गर्ने कवाडी सञ्चालक राजेश चौरासियाकी श्रीमती सरितालाई पक्राउ गरी अनुगमन टोलीले गौशाला प्रहरीलाई जिम्मा लगाएको छ । त्यस्तै, खरिद गर्न गएका रामसहरत साह र बालेश्वर साहलाई पनि पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, ०३२ अनुसार कारबाही गर्न प्रहरीको जिम्मा लगाइएको निरीक्षक पोख्रेलले बताए । उनीहरू सबै भारतको मोतिहारी स्थायी घर भएका नागरिक हुन् ।
स्रोतः नयाँपत्रिका
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
Archives
Archives