युवा बेरोजगार भत्ता माग गर्दै नेविसंघ

राष्ट्र न्यूज सम्वाददाता
पौष २४, २०७४
20140309nsu-demands-immediate-release-of-its-leaders-300×0

काठमाडौं – युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।

यस्तै संविधानको भाग ३ को धारा ३३ अनुसार युवा बेरोजगारीलाई बेरोजगार भत्ता दिनुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेण्टी गर्न एक/एक मेडिकल कलेज, इञ्जिनयर कलेज, कृषि क्याम्पस तत्काल स्थापना गनुपर्नेमा पनि जोड दिइएको छ ।

नेविसंघले सबै क्याम्पसमा विद्युतीय पुस्तकालयको व्यवस्था हुनुपर्ने, लाभधाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडामा दुई/ दुईवटा बालविकास केन्द्र स्थापना गर्नुपर्ने, निर्वाचनमा घाइते भएका नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवालको उपचार तथा क्षतिपूर्ति तत्काल व्यवस्था गर्न माग पनि गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीले शिक्षा र स्वास्थ्यको विषयमा राखेको माग जायज भएकाले यसमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेविसंघ नैनसिंह महरले जानकारी दिए।

नेविसंघले आफूहरुले राखेको माग सुनुवाइ नभए हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना तथा दबाब र्यालीलगायतका कार्यक्रम गर्ने जनाएको छ ।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives