कोही आयो, रोयो, आँशु झार्यो भने पग्लिहाल्छु – भट्टराई

राष्ट्र न्यूज सम्वाददाता
पौष २०, २०७४
Baburam-bhattrai-1-1

पोखरा,२० पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आफ्नो मन निकै कमलो रहेको बताएका छन्।

उनले आफ्नो कमजोरी निरंकुश भएको भन्नेहरुलाई जवाफ दिदै आफ्नो मन कमलोहुदाँ पग्लिहाल्ने बताए।

मलाई मानिसहरुलाई किन चिढ्याउने भन्ने लाग्छ, कोही आयो, रोयो, आँसु झार्यो भने मन पग्लिहाल्छ, उनले भने – ‘झनै महिलाहरुले आँशु झार्नु भयो भने गाहे भईहाल्छ ।’कसैले आएर गुनासो गरेपछि कसरी हुन्न भन्ने लाग्ने र आफू उदार भइहाल्ने उनको भनाई थियो।

कास्कीको ल्वाङमा मंगलबारदेखि शुरु भएको बैठक आज बिहीबार समापनगर्दै उनले आफुलाई मान्छे बन्न नदिने प्रयास भैरहेको उल्लेख गरे।

आफू गुण र दोषसहितको मानिस भएकोभन्दै अति प्रशंसा गरेर भगवान् बनाउने र गाली गरेर ढुंगा वा दानव बनाउने काम नगरिदिन आग्रह गरे।

आफुले गरेको कामलाई के के न हो भनि भगवान् जस्तै बनाई दिएकोभन्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले भने – ‘त्यसले गर्दा बिग्रिएको हो।’

बैठकले फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बोलाउने र महाधिवेशन मिति तोक्ने निर्णय गरेको छ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग