पोखरामा ल्होछार, झाँकी सहितको ¥याली प्रदर्शन

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७४
lhochaar rally

पोखरा, १७ पुस। पोखरामा तमुहरुको सामुहिक रुपमा ल्होछार मनाएका छन्।

पुस १५ गते आ÷आफ्नै समाजमा मनाए पनि पुस १६ गते सामुहिक रुपमा मनाएका हुन्। विगत पाँच वर्षदेखि पोखरामा सामुहिक रुपमा मनाउँदै आइएको हो।

पोखराको चिप्लेढुंगाबाट शुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा पुगेको थियो।

ल्होछारमा आयोजित झाँकी प्रतियोगितामा प्रथम हुने दुधपोखरी तमु समाजले १५ हजार, दोश्रो भएकोे चिउली पार्चे तमु समाजले १० हजार, तेश्रो बाँझापाटन तमु समाजले पाँच हजार रुपैया सहित प्रमाणपत्र पाएको छ। नौलो सम्झना तमु समाज,मिलीजुली विजयपुर तमु समाज, जोगीमणी तमु समाजले सान्त्वना स्थान पाएका छन्।

त्यस्तै, राष्ट्रिय छेलो प्रतियोगितामा पार्दी तमु समाजका निरज तमु प्रथम, सूर्यमुखी तमु समाजका भासु तमु दोश्रो र रत्न श्री जिमका प्रदिप गिरी तेश्रो बन्दै क्रमशः २५ हजार, १० हजार र पाँच हजार रुपैया सहित प्रमाणपत्र, फेटा र खादाबाट पुरस्कृत भएका छन्।

विजयीहरुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र प्रदेशसभा सदस्य मनबहादुर तमु लगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा गुरुङ कलाकार संघ, जिफान, विभिन्न समाजका कलाकारसहित चर्चित राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, देवबहादुर तमुसहित लमजुङे ठाडो भाकाको विशेष प्रस्तुतिले मनोरञ्जन दिएको थियो।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग