पोखरा ९, पुस । गण्डकी ट्यांकर व्यवसायी संघको शनिवार सम्पन्न आठौं अधिवेशन तथा सोह्रौ साधारण सभाबाट सुरेन्द्र रमण पराजुलीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन भएको छ ।
समितिको उपाध्यक्षमा मन वहादुर क्षेत्री, सचिवमा हरि बावु सापकोटा, सहसचिवमा रामप्रसाद सुवेदी र कोषाध्यक्षमा रुप वहादुर अर्यालय निर्वाचित भएका छन् ।
यसैगरी समितिको सदस्यमा विजय कुमार श्रेष्ठ, पदम कुमार श्रेष्ठ, राम कुमार गुरुङ्ग, चित्र वहादुर क्षेत्री, सरस्वती भण्डारी र केशव अधिकारी रहेका छन् ।
????????????????????????????????????
अधिवेशनको उद्घाटन गर्दै, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल कुमार भट्टराईले करोडौ रुपैया लगानी रहेको ट्यांकर व्यवसायलाई मर्यादित बनाउन आग्रह गरे । उनले पेट्रोलियम व्यवसायी र ट्यांकर व्यवसायीका विचमा सहकार्य हुन जरुरी रहेको समेत बताए ।
संघका अध्यक्ष सुनिल कुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा निगमका निर्देशक वीरेन्द्र गोइत, पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका द्धितिय उपाध्यक्ष कपिल अधिकारी, पेट्रोलियम डिलर्स एशोसियशन गण्डकी धौलागिरीका निर्वतमान अध्यक्ष शुशिल गौचन लगायतले आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने