पोखरा, ७ पुस। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार कार्यक्रम गर्दैछ।
पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया, पानीपुरी र चटपट बेच्ने कार्यक्रम गर्न लागेको हो। कार्यक्रमबाट पैसा संलकन गरी बिपन्न विद्यार्थीलाई न्यायो कपडा वितरण गर्ने उदेश्य रहेको छ।
करिब १०÷१५ जनाको समूहले बिहान ६ देखि १० बजेसम्म पोखराको पृथ्वीचोकमा चिया र मध्यान्ह १२ बजेदेखि साँझसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पानीपुरी र चटपट बेच्ने छन्।
पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पूरा भएको समूहका सदस्य पोखरा प्रतिनिधि शिव भण्डारीले जानकारी दिए।
एक बर्षअघि कपिलबस्तुका आदित्य अर्यालले शुरु गरेको ब्राह्मण समूहमा हाल एक लाख ८० हजार सदस्य छन्।
फेसबुकका माध्यमबाट संगठित भई आपसी सद्भाव बढाउन र सामाजिक कार्य गर्नका लागि समूह गठन भएको थियो।
Related News
सम्बन्धित समाचार
आगलागी हुँदा घर नष्ट
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता