पोखरा, ४ पुस। बाबा एजुकेशन कन्सल्टेन्सि पोखराले पोखरामा मंगलबार शैक्षिक सेमिनार गरेको छ।
कार्यक्रममा ५० जना सहभागि थिए। अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी सेमिनान गरिएको हो।
सेमिनारमा नर्स टे«निङ अष्ट्रेलिया कलेजका विजनेश डेभ्लप्मेण्ट मेनेजर रोशन घिमिरेले सहजीकरण गरेका थिए।
कार्यक्रममा उनले विदेशको शैक्षिक यात्रा तय गर्नुभन्दा पहिले उचित परामर्शमा ध्यान दिनुपर्नेमा जोड दिए।
उनले अष्ट्रेलियामा जानका लागि पु¥याउनुपर्ने विविध प्रक्रियाका बारे जानकारी दिएका थिए। हजारौ डलर खर्च गरेर मात्र नहुनेभन्दै उनले सर्वसुलभ मुल्यमा पनि अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्न अवसर मिल्ने बताए।
बाबा एजुकेशन कन्सल्टेन्सि पोखराका शाखा प्रमुख सुजन बस्नेतले अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सर्वसुलभ र भरपर्दाे सेवा प्रदान गर्ने प्रतिवद्वता व्यक्त गरे।
अष्ट्रेलियाको सिड्नीमा रहेको सो कन्सल्टेन्सिको शाखा केहि महिना अघि मात्र पोखरामा ल्याइएको हो। पोखराको चिप्लेढुङ्गामा त्यसको शाखा कार्यालय रहेको छ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान