२६ मंसिर, काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ ।
एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।
यसैगरी कांग्रेसले आठ लाख ७८ हजार ८२४ मत हासिल गरिसकेको छ । कांग्रेसभन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले तीन लाख ८५ हजार ४३४ मत बटुलेको छ ।
आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।
स्रोतः अनलाइनखबर
Related News
सम्बन्धित समाचार
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता
लायन्स क्लबद्वारा वृक्षरोपण
तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर
कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग
सिलिङ्ेगमा नवौं सिलिङ्गे महाशिवरात्री मेला