मध्यरातमा ढोका खोल्न लगाएर आक्रमण

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०७४
naran

पोखरा, २२ मंसिर। माछापुछ्रे गाउँपालिका वडा नं १ निवासी नारन गुरुङमाथि आक्रमण भएको छ।

३ जना को अज्ञात समूहले ढुङ्गा प्रहार गरी गुरुङमाथि आक्रमण गरेको हो। गएराति करिब १ बजेको समयमा घटना भएको हो। गुरुङको खाजा पसलमा चुरोट किन्न गएकाहरुले ढुङ्गा प्रहार गरेको बताइएको छ।

चुरोट दिनुस् भन्दै ढोका खोल्न लगाइएको र ढोका खोल्ने वित्तिकै ढुङ्गा प्रहार गरिएको थियो। उनको टाउँकोमा चोट लागेको छ। उनको टाउँकोमा १४ वटा टाका लगाइएको छ।

आफुमाथि आक्रमण भएपछि हार गुहारगर्दै गुरुङ भागेका थिए। घटना कसले किन गरायो भन्ने बारेमा केहि खुलेको छैन।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै