पोखरा, १७ मंसिर / नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्क्रिय गरिएको छ ।
आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो । निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । दुई वटा बमलाई एक घण्टाको अन्तरमा नस्ट गरिएको छ । एउटालाई १०ः०३ बजे र अर्को १०ः ४८ बजे डिस्पोज गरिएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
विन्दुकुमार थापाको घरमै कास्की क्षेत्र नं. २ चुनाव प्रचार कार्यालय खडा गरिएको छ । बम पाँच घर माथि गल्लीमा भेटिएको हो ।
थापा लक्षित गरी बम राखिएपनि बम पड्किएको खण्डमा नजिकैको घरमा क्षति पुग्ने थियो । यस्तो अमानवीय हर्कतको स्थानीयले चर्को निन्दा गरेका छन् । प्रहरीले बम कसले राख्यो भन्नेबारे नखुलेको जानकारी दियो ।
यसअघि गत मंसिर ८ गते बेलुकी बाम गठबन्धन कास्की क्षेत्र नं. २ प्रचार सचिवालयमा प्रेसर कुकर बम विस्फोट भएको थियो । यस्तै, मंसिर १० गते नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै दिउँसो पेट्रोल बम डिस्पोज गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान