पोखरा १७ मंसिर । २६ औं अन्र्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पोखरामा अपाङ्गता भएकालाई न्यानो कपडा वितरण गरिएको छ ।
सेवामा समर्पित चरित्रवान युवाहरुको परिकल्पना हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसाथ गर्दै आएको डिभाईन युथ क्लव कास्की एवं श्यामा श्याम सत्संग पोखराले अपाङ्गता भएकालाई कपडा वितरण गरेको हो।
पोखराको कुँडहर आधारभुत विद्यालयको दृष्टिविहिन छात्रवास अन्तर्गतका ७ जना र मस्तिष्क पक्षघात संरक्षक समुह अन्तर्गतका २१ जना मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो।
पोखराकै एकमात्र एवं नेपालकै दोस्रो अष्टमहासखि सहित राधाकृष्णको भक्ति मन्दिर समुद्घाटनको दास्रो वार्षिक उत्सव समेतको अवसर पारेर यस्तो कार्यक्रम गरिएको श्यामा श्याम सत्संग पोखराका अध्यक्ष नारायण वहादुर बाँनियाले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा लेखनाथ महानगरपालिकाकाका प्रमुख लेखा नियन्त्रक आर्थिक प्रशासन प्रमुख बसन्तराज सिग्देलले डिभाइन क्लवको सामाजिक सेवा प्रतिको लगावको प्रशंशा गरे। उनले आउँदा दिनमा यस्ता कार्यक्रममा महानगरपालिकाको पनि सहयोगी भुमिका रहने उल्लेख गरे।
कार्यक्रममा डिभाईन युथ क्लव कास्कीका अध्यक्ष रुद्रलाल कुँवर, विद्धत समाज कास्कीका अध्यक्ष वालकृष्ण सुवेदी, श्यामा श्याम सत्संग पोखराका अध्यक्ष नारायण वहादुर बाँनिया, क्लबका सदस्य रोशनी पुरी र सचिव नारायण अधिकारीले बोेलेका थिए।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives