बाम गठन्धनका कार्यकर्ताले १३ वर्षिया बालिका कुटे

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ११, २०७४
family-of-ramesh-pandey

पोखरा, ११ मंसिर । मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेकी छोरी माथि कुटपिट भएको छ ।

१३ वर्षिया नम्रता पाण्डेलाई बाम गठबन्धनका कार्यकर्ताले घरमा नै गएर कुटपिट गरेका हुन् ।
कुटपिटबाट पाण्डेको टाउकोमा गम्भिर चोट लागेको छ ।

नगरपालिकाका प्रमुख पाण्डेकी छोरी सहित उनका छिमेकी मदन न्यौपानेका छोरा स्काई न्यौपानेलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।न्यौपानेको देव्रे हात भाँचिएको छ । उनीहरुको  उपचार भईरहेको छ ।

निर्वाचनकै दिन आफु निर्वाचन सफल बनाउन लागिरहेका बेला घरमा गई परिवार माथि निर्घात कुटपिट भएकोमा पाण्डेले आपत्ति जनाएका छन् । पाण्डे नेपाली काँग्रेसको तर्फबाट प्रमुख हुन्।

आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बाम गठबन्धनका कार्यकर्ताले कपोकल्पित आरोप लगाएको गुनासो गरे । अनावश्यक आरोप लगाउदै रिस पोख्न परिवारका सदस्यमाथि आक्रमण भएको उनको भनाई छ ।

आफुले कसैलाई कुटपिट नगरेको भन्दै उनले भने – ‘अनाहकमा मेरो परिवारका सदस्यमाथि भएको आक्रमणको भत्र्सना गर्दछु।’

उनले आक्रमणमा जो सुकैको संलग्नता भएपनि दोषी माथि कडा कारबाहीको हुनुपर्ने माग गरेका छन्। घटना आइतबारको हो।

Related News

सम्बन्धित समाचार