नौ जिल्लामा बम आतंक

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १०, २०७४
Bomb-26112017065101-1000×0 – Copy
मंसिर १०, २०७४-गृह मन्त्रालयले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन पूर्व देशैभरी नेत्रबिक्रम चन्द विप्लब समूहले उम्मेदवार केन्द्रित श्रृंखलाबद्ध विस्फोटका घटना बढाएपछि गृहले निर्वाचन सुरक्षाको व्यवस्था कडा गरेको थियो ।

गृह मन्त्रालयले सुरक्षाका कारण कतैपनि मतदान प्रभावित नभएको, उम्मेदवार र मतदातामाथि सांघातिक आक्रमण नभएको जनाएको छ ।

गृहका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले प्रभावकारी र सुदृढ सुरक्षा व्यवस्थाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको बताए । उनले कान्तिपुरसँग कुरा गर्दै भने, ‘सुरक्षाकै कारण कही कतै पनि निर्वाचन प्रभावित भएन ।’

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनको अवधीभर देशभर विभन्न १० स्थानमा बम भेटिएका थिए । भेटिएकामध्ये अधिकांश बम नक्कली भएको र त्रास फैलाउन मात्रै बमको हल्ला फैलाइएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए ।

प्रवक्ता न्यौपानेले कान्तिपुरसँग कुरा गर्दै निर्वाचन शान्तीपूर्णरुपमा सम्पन्न भएको बताए ।

कहाँकहाँ भेटिए बम

  • जाजरकोट : त्रिवेणी नलगाड नगरपालिका–७ गुनाभिर नजिकै सडकमा वाइबि नामक बट्टामा रातो कालो टेपले बाँधेको रातो बत्ती बलिरहेको अवस्थामा ।
  • नुवाकोट : ककनी गाउँपालिका–२ स्थित काउलेमा प्रेसरकुकर बम ।
  • दार्चुला : महाकाली नगरपालिका–४ खलंगा नजिक सडक छेउमा कागजभित्र गोलो आकारको बम जस्तो देखिने शंकास्पद बस्तु ।
  • रुपन्देही : बुटवल उपमहानगरपालिका–१० स्थित जंगलमा सुतली धागोले बेरेको अबस्थामा फेला परेको बिष्फोटक पदार्थ ।
  • रोल्पा : त्रिवेणी गाउपालिका–७ स्थित गोबिन्द माबि नजिक बाटोको छेउमा फेला परेको बिष्फोटक पदार्थ ।
  • दोलखा : भिमसेन नगरपालिका–३ स्थित सडक कार्यालय अगाडि बाटोको छेउमा आइतबार फेला परेको सकेट बम । त्यसैगरी, दोलखाकै भिमेश्वर नगरपालिका–६ स्थित चोथाङमा प्याराडाईज होटल अगाडि बाटोमा आइतबार २ वटा झोलामा फेला परेको सकेट बम ।
  • कपिलवस्तु : बाणगंगा नगरपालिका–११ स्थित भित्री सडक खण्डको किनारामा सुतलीले बााधेर परालले छोपेको अवस्थामा फेला परेको विष्फोटक पदार्थ ।
  • बाग्लुङ्ग : वडिगाड गाउँपालिका–७ डाँडागाउामा आइतबार फेला परेका २ वटा सुतली बम ।
  • ताप्लेजुङ्ग : आठराई त्रिबेणी गाउँपालिका–३ हाङपाङस्थित सरस्वती माबि हाङपाङको कम्पाउण्डमा गाडेको अबस्थामा फेला परेको प्रेसरकुकर बम ।

स्रोत ः कान्तिपूर

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै