?????????????????????????
इजिप्ट—उत्तरी इजिप्टको सियानी क्षेत्रको एउटा सुफी मस्जिदमा भएको आक्रमणमा कम्तिमा २३५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार घटनामा १०९ भन्दा बढी घाइते भएका छन्।
इजिप्टको भूमिमा भएको यो नै अहिलेसम्मको सबैभन्दा भयानक आतंककारी हमला भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। मस्जिदभित्र शुक्रबारको प्रार्थना भइरहँदा पहिला दुई वटा ठूला बम विस्फोट भएका थिए। त्यसपछि हतियारधारीले फायरिङ सुरु गरेका थिए।
एसोसिएटेड प्रेसका अनुसार चार गाडीमा आएका आतंककारीले नमाज पढिरहेका बेला गोली चलाउन सुरु गरेका थिए।
इजिप्टका राष्ट्रपटि अब्दुल फतह अल सीसीले घटनापछि सुरक्षा प्रमुखहरुसँग आपतकालीन बैठक गरेका छन्।
स्थानीय मिडियाका अनुसार शुक्रबार नमाज पढ्ने समयमा अल आरिस नजिकै अल रावदाको एक मस्जिदमा यो घटना भएको हो।
स्रोतः नागरिक न्यूज
Related News
सम्बन्धित समाचार
भावी समीकरणमा कांग्रेस निर्णायक
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता
लायन्स क्लबद्वारा वृक्षरोपण
तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर
कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग