पोखरा, १९ कात्तिक /आइतबार साँझ पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।
ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् ।
उनको पोखराका फिस्टेल अस्पतलामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरुीको भनाई छ । मोटरसाइकलको ठक्करले पानीको पाइप समेत फुटेको छ ।
दुर्घटनापछि प्रहरी टोली त्यहाँ पुगेर मोटरसाईकल गाडीमा हालेर फर्किएको थियो । यसअघि पनि सो स्थानबाट जिप खसेको स्थानीयले बताएका छन् ।
पोखरा बाग्लुंग हाईवेमा साँघुरो पुल र राति अँधेरो हुने भएका कारण दुर्घटना हुने गरेको स्थानीयले बताए । उनीहरुले रात्री समयमा सडक बत्तीको माग गरेका छन् ।
Pic. Soical Site
Related News
सम्बन्धित समाचार
सच्चाइमा सम्मान
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह