पोखरामा शनिबार दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिम्सिना पंगेनी रहेका छन् ।
नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ बाट क्रियाशील पत्रकार महिला पंगेनी सम्मानित भएकी हुन् ।
स्व. टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । त्यस्तै ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार सल्लाहकार एवं प्रजातन्त्र सेनानी माधव शर्माले आज एक समारोहकाबीच पोखरामा सम्मान गरेका हुन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
Pic. Umesh Pun
Related News
सम्बन्धित समाचार
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित