रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भए । गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना थियो ।
विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको छ ।
स्थानीयले तत्काल उद्धार गरी ट्याक्सीमार्फत हस्पिटल लगिएको थियो । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जाँदै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटी माथि तार खस्दा ज्यानमा करेन्ट प्रबाह भइ आगो बलेको थियो ।
घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक हुन् । पोखरा १७ बस्ने उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए । गम्भिर लापरबाही विरुद्ध शिशु निकेतन विद्यालयका शिक्षक र विद्यार्थीले पोखरा लेखनाथ महानगरपालिका ५ मा रहेको विद्युत प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका थिए।
उनीहरुले दोषीलाई कडा कार्वाही, निःशुल्क उपचार तथा उचित न्यायको मागको माग राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई