बागी उठ्दै पालिखेले भनेः ‘काँग्रेसमा २० वर्षदेखि छु, २ वर्ष अघि काँग्रेस भएर पैसाले टिकट किने’ (भिडियो सहित)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १६, २०७४
Naresh Palikhe

पोखरा, १६ कार्तिक / नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले यसपटक पनि टिकट नदिएपछि आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा कांग्रेसले व्यवसायी विन्दु थापालाई टिकट दिएको छ ।

नेताहरूमा स्वच्छाचारिता बढेको र पैसाका भरमा थापाले टिकट पाएको पालिखेको आरोप छ । ‘म २० वर्षदेखि पार्टीका लागि काम गरेको छु, उहाँ २ वर्ष भयो कांग्रेस भएको, पैसा दिनेलाई टिकट दिइएको छ ।’ पालिखेले भने । कार्यकर्ताले आफूलाई जिताउने विश्वास लिए । पालिखे आफ्नी धर्मपत्नी रीता जोशी पालिखेका साथ दर्तास्थल पुगेका थिए ।

पालिखे कांग्रेसका महाधिवेशन प्रतिनिधी छन् । पार्टीको जिल्ला सचिवसहित रहिसकेका उनी पोखराको पूर्व उपमेयर पनि हुन् । गएको स्थानीय चुनावमा मेयरका आकांक्षी पालिखेलाई त्यतिबेला टिकट पक्का पक्की भइसकेको रातारात परिवर्तन गरी नेता अर्जुननरसिंह केसीका बहिनी ज्वाइँ रामजी कुँवरलाई कांग्रेसले टिकट दिएको थियो ।

काँग्रेसका नेताहरुले भने १९ गते नै फिर्ता हुने दाबी गर्छ । पालिखे पटक पटक अन्यायमा परेकाले उनी फिर्ता नलिने मुडमा छन् ।

भिडियो: ओम हमाल

Related News

सम्बन्धित समाचार

Archives

Archives