अनुहार चम्किलो बनाउने घरेलु तरिका

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Rose-Water-Benefits-for-Skin-Facial-Skin-Care-585×330

घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ । अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ । साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ ।

नीम
छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ । साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।

बेसार
सुन्दर बन्न छालामा बेसार दल्ने चलन धेरैतिर छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा दल्ने गर्नाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।

चन्दन
छालामा जम्मा भएका विषाक्त पदार्थलाई चन्दनले हटाउने गर्छ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

गुलाब
गुलाबमा भिटामिन–सी प्रशस्त पाइन्छ । त्यही भएर गुलाबजल सुत्नुअघि अनुहारमा दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives