बाइक चोर्नेको बिगबिगि : ‘हेन्डल लक’ गरी घरमै राखेको सात लाखको बाइक गायब

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Bike Chori

लेखनाथ, ७ कार्तिक / ७ लाख रुपैयाँ तिरेर किनेको नयाँ ‘बेनली’ बाइक चोरी भएपछि पोखरा २९ भण्डारढिकका सुरज गुरुङ यतिखेर निकै चिन्तामा छन् ।

आफ्नो सामानको सुरक्षाका लागि हरतरहको सावधानी अपनाएका थिए उनले तर पनि जोगाउन सकेनन् । अहिले उनी प्रहरीमा आफूले दिएको उजुरीपछिको खोजबिन के भइरहेको छ भनेर बुझ्न धाइरहन्छन् । ‘सिआइडी लगाएका छौं भनेका छन्, हेरौं, पाइन्छ कि,’गुरुङले आशा व्यक्त गरे । गुरुङको घरबाट सोही दिन १२ प २९०७ र ग १२ प ५११२ नं का दुइटा बाइक एकैपटक हराएको थियो । उनकै साला महेश गुरुङको यामाहा एफजेड बाइक पनि सँगै हराएको हो ।

‘बाइक चोरी भएको हल्लासुनेर आफ्नो बाइक धेरै सुरक्षित गर्न खोजें, झन् त्यही दिनगेटको तालानै फोडेर घरभित्र राखेको बाइक लगिदिए,’ गुरुङले भने,‘राति ११ बजे गेटमा ताला लगाउन जाँदा त्यहीँ भएको बाइक भोलिपल्ट पाँच बजे उठेर हेर्दा थिएन ।’

सुरज गुरुङको घरबाट शनिबार राति ती बाइक चोरी भएका थिए । हेन्डल लकसहित भित्र पार्किङ गरेका ती बाइक घरको मुलगेटको तालानै फोडेर चोरले लगेका थिए । त्यसको एक दिनअघि कात्तिक २७ गते शुक्रबार राति भण्डारढिककैसञ्जीव न्यौपानेको ग१३प ३९८१ नम्बरको पल्सर बाइक पनि घर भित्रबाटै चोरिएको थियो ।

बाइक हराएपछि चोर्ने व्यक्तिले उतिबेलै पाटपुर्जा झिक्ने अथवा रातारात चोर बाटो बोर्डर कटाउने कारण पनि मोटरसाइकल पाइने सम्भावना कम हुने सोचेर सितिमिती उजुरी नगरेको सम्बन्धित स्थानीयहरु बताउँछन् । दुई वर्षअघि दशैंका बेला आफ्नो बाइक हराउँदा प्रहरीले उति चासो नदिएको अनुभव सुनाउँदै मोहोरियाका मदन ओझाले भने,‘प्रहरीले नयाँ आइडिया र प्रविधि अपनाउन सके हराएको बाइक समेत भेटिन सक्थ्यो ।’

४ महिनाअघि बाघमाराबाट धु्रवबहादुर शाहीको मोटरसाइकल चोरी भएको थियो । उक्त बाइक केही दिनपछि हेटौंडामा फेला प¥यो । मोटरसाइकलको पाटपुर्जा झिकेर रिकन्डिसन हाउसमा बेच्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले फेलापारी कास्की प्रहरीलाई जानकारी गराएको थियो । पछि लेखनाथ इलाका प्रहरीकार्यालयको माध्यमबाट शाहीले आफ्नो ाइक फेला पारे ।

हराएको बाइकहरु पाइन्छ भनेर ग्यारेन्टी गर्न नसकिएपनि पछिल्लो क्रममा यस्ता घटनामा पनि प्रहरी अपरेसन तीव्र बनाइएको प्रहरी बताउँछ । अहिले लेखनाथस्थितइलाका प्रहरी कार्यालयको मुद्दाफाँटमा अनुसन्धानको क्रममा बाइक चोरीका केस पनि थपिने गरेका छन् । यस्ता केस सल्टाउन प्रहरीले सबै जिल्ला तथा इलाका प्रहरीमा परिपत्र गर्ने तथा स्थानीय मोटरवर्कसप तथा रिकन्डिसन हाउस सर्च अपरेसन बढाइरहेको छ ।

अहिले लेखनाथमा मोटर साइकल चोरीको नयाँ मुद्दा आउने गरेको बताउँदै प्रहरी नायब निरीक्षक बाबुराम पाण्डेले भने, ‘बाइक चोर्नेहरुलाई उम्किन नदिने तथा हराएको बाइक खोजी गरेर सम्बन्धित धनीलाई बुझाउन हामी हरतरहले लागि रहेका छौं ।’

  • स्मीता अधिकारी /SamadhanNews

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग