एन प्याब्सन कास्कीको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३०, २०८३
1000041040

पोखरा, जेठ । नेसनल प्याब्सन कास्कीले आयोजना गरेको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एन प्याब्सनमा आबद्ध विद्यालयबाट छात्र तर्फ ३३ र छात्रा तर्फ २८ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्र तर्फ साइनिङ स्टार बोर्डिङ स्कुलका शिशिर पौडेल प्रथम, लाविन रेसिडेन्सीयल स्कुलका एरोन तिमिल्सिना द्वितीय तथा गण्डकी एकेडेमी कास्कीका संयोग न्यौपाने र नेशनल क्रियशन एकेडेमीका कुशल श्रिमाली तृतीय भए ।

त्यसै गरी छात्रा तर्फ गण्डकी एकेडेमी कास्कीकी सृष्टि न्यौपाने प्रथम, ज्ञान ज्योति विद्याकुञ्ज माविकी जेशिका गुरुङ द्वितीय तथा कास्की मोडनाइज्ड एकेडेमीकी ग्रिष्मा सापकोटा र न्यू ग्यालेक्सी सेकेण्डरी स्कुलकी स्व्चछा प्रधान तृतीय भए । विजय विद्यार्थी तथा विद्यालयलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा चिफ आरवेटर नरेन्द्र रानाभाट, डेपुटी आरवेटर सागर शाही, आरवेटर शुशिल सुवेदी र विमलेस नाल्मीले सहजिकरण गरेका थिए ।

यस अघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीको बौद्धिक क्षमताको मुल्याड्ढनगर्न यो प्रतियोगिता फलदायी भएको बताए ।

हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले विद्यार्थीका अन्तर निहित प्रतिभा प्रस्फुटन गर्न यो प्रतियोगिता कोषेढुड्डा सावित हुने बताए ।

मन्टेश्वरी एशोसियसन कास्कीकी अध्यक्ष रितु पौडेलले एन प्याब्सनका हरेक गतिविधि उत्कृष्ट रहेको बताइन् । युनिप्स नेपालका केन्द्रीय उपाध्यक्ष विनोद नेपालीले विद्यार्थीको बौद्धिकतालाई तिखार्ने काम यस प्रतियोगिताले गरेको बताए ।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य शिवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै