विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

रासस
श्रावण २५, २०७९
school

बैतडी, २५ साउन (रासस) ःबैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ ।

मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिनुभयो ।

गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ । उहाँले भन्नुभयो,“दैनिक चार÷पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ ।”

विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ बागको भनाइ छ । बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ ।

छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उहाँले बताउनुभयो । प्रअ बागले भन्नुभयो,“हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ ।

स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरियड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ ।” छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“यो सामान्य खालको बिरामीको लक्षण हुन् । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गनुर््पर्छ ।”उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives